६ पुष काठमाडाैँ। पाेखरा फेवाताल किनारमा फोटो खिच्नेसँग पैसा असुली गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन् ।
पोखरा महानगरपालिका ६ का वडा सदस्य दीपेन्द्र पहारीसहित लेकसाइडकै ४१ वर्षीय विकास पहारी, २२ वर्षीय प्रवीन विश्वकर्मा र २४ वर्षीय अभिषेक परियार ठगी आरोपमा पक्राउ परेका थिए ।
उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । उनीहरुले फोटोग्राफीसँग प्रतिव्यक्ति साढे १३ हजार असुल गरेको अनुसन्धानले देखाएको छ । उनीहरुविरुद्ध १५ जनाले जाहेरी दिएका थिए ।
फेवातालको किनारमा फोटोग्राफी गर्दै आएकासँग विभिन्न किसिमबाट ठगी गरेको जाहेरीको आधारमा उनीहरु पक्राउ परेका थिए ।चारैजनालाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी मुद्धामा अनुसन्धान गरिएको थियो ।