६ पुष काठमाडौँ । गोरखामा ११ औं राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता आजदेखि सुरु भएको छ । जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड सदरमुकामको गोरखा रङगशालाको खेलकुद मैदानमा सुरु भएको हो ।
प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री सुशिला सिंखडाले गर्नुभएको थियो । प्रदेशकी सामाजिक विकास मन्त्री सिंखडाले उद्घाटन कार्यक्रममा बोल्नुहुँदै खेलाडीहरुको भविस्यका लागि गण्डकी प्रदेश सरकार गम्भीर ध्यानाकर्षण रहेको बताउनु भयो ।
मन्त्री सिंखडाले खेलमा सहभागी भएपछि हारजीत स्वाभाविक भएको भन्दै हारलाई पनी अर्को पटकको जीतको आधारको रुपमा लिन पर्ने सुझाव दिनुभयो । राष्ट्रनिर्माणका लागि शारिरिक तन्दुरुस्तीका साथै मानसिक रुपमा समेत सक्षम खेलाडी उत्पादनमा प्रदेश सरकार लागि परेको बताउनुभयो । गोरखा नगरपालिका गोरखाका नगरप्रमुख कृष्णबहादुर रानामगरले खेलमा अनुशासित ढंगबाट सौर्हादपूर्णबाट सम्पन्न गर्नुपर्नेमा जोडदिनुभयो । उहाँले आयोजक, प्रतिस्पर्धी लगायतको सवैको सहकार्यले मात्र भव्य रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
प्रतियोगितामा करिब जिल्लाभरबाट करिब ८ सय ५० जना खेलाडीहरुको सहभागिता रहेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तासिंह बस्नेत जानकारी दिनुभयो । प्रतियोगिता अन्र्तगत एथ्लेटिक्स तर्फ पहिलो दिन २ सय मिटर, ३ हजार मिटर, र ४ सय मिटरको छात्रछात्राको दौड प्रतियोगिता सञ्चालन भइरहेको छ । त्यस्तै आज नै छात्रा, छात्र सटपुट तथा लम्पजम्प प्रतियोगिता सञ्चालन भइरहेको छ ।
प्रतियोगिता अन्तरगतको दोस्रो दिन शनिवार १ सय मिटर, ८ सय मिटर र ४ सय मिटरको छात्रछात्र रिले दौड प्रतियोगिता हुनेछ । त्यस्तै सोही दिन छात्रछात्र ज्यवलिन थ्रो र त्रिपलजम्प प्रतियोगिता हुने आयोजकले जनाएको छ । प्रतियोगितामा छात्रा छात्र भलिवल प्रतियोगिता समेत सञ्चालन भइरहेको छ ।