Logo

मंगलवार, श्रावण १२ गते २०८३

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीले मिश्रित प्रदर्शन

१२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीले मिश्रित प्रदर्शन

जोईन खबर

७, पौष २०८०
  • 799
    SHARES
  • १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा अवेरनेस इन्टरनेसनल एकेडेमीले  मिश्रित प्रदर्शन


    ७ पुष काठमाडाैँ ।अवेरनेस इन्टरनेसनल एकेडेमीले १२ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगितामा शुक्रबार मिश्रित प्रदर्शन गरेको छ ।प्याब्सन मध्य क्षेत्रीय समिति, काठमाडौंको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा जित हात पारेको एआईए जुनियर ब्वाइजमा भने पराजित भयो ।

    images

    सिनियर ब्वाइजमा एआईएले लिभरपुललाई २२–१० ले पराजित ग¥यो । जुनियर ब्वाइजमा स्वप्नवाटिकाले एआईएलाई १८–११ ले हरायो ।सिनियर ब्वाइजमा स्पाङगलले एसियन पब्लिकलाई २४–११ तथा काठमाडौं जेभियरले स्वप्नवाटिकालाई १९–१४ ले पाखा लगायो ।जुनियर ब्वाइजमा सूर्योदयले लिभरपुललाई २४–४, काठमाडौं जेभियरले लिटिल फ्लावरलाई २८–१४ र भद्रघलेलाई १८–८, इनोभेटिभले हेम्सलाई १६–१०, सनसाइनले केइएसलाई २०–६, चैतण्यले अक्षरलाई २०–१५ तथा स्पाङगलले अल्वर्टलाई १७–२ ले पन्छाए ।

    सिनियर गल्र्समा भद्रघलेले केइएसलाई ११–७, श्रृजनशीलले स्पाङगललाई ६–३ र सनसाइनले अल्वर्टलाई १९–२ ले निराश पारे ।प्रतियोगिताको काठमाडौं प्याब्सनका अध्यक्ष प्रेमकुमार राईले एक कार्यक्रमबीच उद्घाटन गरे । आयोजक समितिमा आबद्ध विभिन्न १८ विद्यालयका ५० टिमको सहभागिता रहेको आयोजक समितिका अध्यक्ष दिनेशकुमार पाण्डेले जनाएका छन् ।

    सिनियर ब्वाइज र गल्र्समा समान १६–१६ तथा जुनियर ब्वाइजमा १८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।प्रतियोगिताका खेलहरु मध्य बानेश्वरस्थित काठमाडौं जेभियर्स र शंखमूलस्थित एआईएको कोर्टमा भइरहेको   छ । नकआउट चरणका सम्पूर्ण खेलहरु भने एआईएमा खेलाइने छ ।

    प्रकाशित मिति :पौष ७, २०८० शनिवार - ११:३९:५९ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको