Logo

बिहिवार, कार्तिक १३ गते २०८३

बारपाक सुलिकोटको मिलन युवा क्लब पोन्च्यो गाउँ भण्डारी गाउँद्वारा तमु ल्होसरको अवसरमा भलिबल तथा संस्कृतिक कार्यक्रम हुने

बारपाक सुलिकोटको मिलन युवा क्लब पोन्च्यो गाउँ भण्डारी गाउँद्वारा तमु ल्होसरको अवसरमा भलिबल तथा संस्कृतिक कार्यक्रम हुने

जोईन खबर

८, पौष २०८०
  • 5.0K
    SHARES
  • बारपाक सुलिकोटको मिलन युवा क्लब  पोन्च्यो गाउँ भण्डारी गाउँद्वारा तमु ल्होसरको अवसरमा भलिबल तथा संस्कृतिक कार्यक्रम हुने

    ८ पुष काठमाडौँ । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानीको भण्डारी गाउँमा भलिबल प्रतियोगिता हुने भएको छ । यस प्रतियोगिता मिलन युवा क्लब पोन्च्यो गाउँ (भण्डारी गाउँ ) को आयोजनामा बारपाक सुलिकोट गाउँपालिका ४ भण्डारी गाउँमा पुष ११ गतेदेखि १५ गतेसम्म प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष सुनेम गुरुङ्गले जानकारी दिनुभयो ।

    images

    यस क्लबले गुरुङ्गहरुको राष्ट्रिय पर्व तमु ल्होसार तथा ह्यू (बिरालो वर्ग) लाई विदाई गर्दै मुप्री ल्हो (गडुल वर्ग) लाई स्वागतार्थको अवसरमा पारी राष्ट्रिय कलाकारहरुको साथमा गाउँटोल स्तरीय मैत्रीपूर्ण पुरुष भलिबल पूतियोगिताको आयोजना गर्ने लागेको क्लबको अध्यक्ष गुरुङ्गले बताउनु भयो । प्रतियोगिता ११ गतेबाट सुरु भए पनि सोही दिन टिम दर्ता हुने छ भने,१२ गतेदेखि खेल सञ्चालन हुने अध्यक्ष गुरुङ्गले जानकारी दिनुभयो ।

    images
    images
    images

    भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले नगद रु २०,००० हजारसहित मेडल, प्रमाणपत्र पाउँने छन् । द्वितियस्थान हासिल गर्ने टिमले नगद रु १२,००० हजार मेडल प्रमाणपत्र र तितृय स्थान हासिल गर्ने टिमले नगद रु ८,००० हजार मेडल प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । यस क्लबको प्रतियोगिता सहभागी हुन चाहाने टिमले पुष ११ गते बेलुका सम्म टिम दर्ता  गर्न सक्ने छन् ।

    Untitled.jpg

     

    टिम दर्ताको लागि ३,००० हजार रुपैयाँ शुल्क तोकिएको  अध्यक्ष गुरुङ्गले जानकारी दिनु भयो । यस गुरुङ्गहरुको राष्ट्रिय पर्व तमु ल्होसार अवसमा पुष १५ गते दिउँसो राष्ट्रिय तथा स्थानिय भेष भुषा  प्रदर्शन लोक नुत्य संस्कृतिक कार्यक्रम  स्थानिय कलाकारहरु द्वारा परम्परागत झाकी,मारुनी, चुट्काको पनि प्रस्तुति रहने छ ।

    Untitled.jpg

    उक्त प्रतियोगितामा राष्ट्रिय कलाकार राम कुमार गुरुङ्ग (आर.के) ,सुनिमा गुरुङ्ग,पवन गुरुङ्गको बेजोड  प्रस्तुतीसंगै ११ गतेको देखि हुने भलिबलको उद्वघाटन बारपाक सुलिकोट गाउँपालिका वडा न ४ का वडा अध्यक्ष भिम बहादुर गुरुङबाट हुने क्लबका अध्यक्ष क्लब   गुरुङ्ग बताउनु भयाे । गुरुङ्गहरुको राष्ट्रिय पर्व तमु ल्होसारकाे दिन पुष १५ गतेकाे कार्यक्रमकाे उद्वघाटना गण्डकी प्रदेश सभामुख कृष्णप्रसाद धितालद्वारा हुने क्लबका अध्यक्ष सुनेम गुरुङ्गले जानकारी दिनुभयाे ।

    ki.jpg

    प्रकाशित मिति :पौष ८, २०८० आइतवार - १६:५५:१४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको