९ पुष काठमाडौँ । समृद्ध ताकु युवा समाजद्वारा आयोजित फुटसल प्रतियोगिता आज सम्पन्न भएको छ ।गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा न ५ ताकुमाझ लाकुरीबोटको समृद्ध ताकु युवा समाजले साबिक वडा स्तरिय फुटसल प्रतियोगितामा काठमाडौंको खरिबोट बल्छि ध्रुबे फुटसलमा सम्पन्न गरेको हो ।

फुटसल प्रतियोगितामा ९ वटा वडाको १०टिम सहभागिता रहेको थियो ।जसमा प्रतियोगिताको उद्वघाटन खेल समृद्ध ताकु युवा समाज र गोरखा ताकुकोट सेवा समाज काठमाडौं बिचको मैत्रीपूर्ण खेल समेत सञ्चालन भएको थियो।

प्रतियोगिताको उपाधि वडा न ९ रानागाउँले खेल बराबर हुदॅा लक्की ड्र मार्फत आपस्वाँरा लाई जित्दै प्रथम स्थान सुरक्षित गरेको थियो। बिजेता रानागाउँ लाई रू १०,०००रूपैयाँ नगद सहित ट्रफि,मेडल र प्रमाणपत्रले पृरस्कृत गरिएकोथिए । द्वितीय हुने टिम आपस्वाँरा लाई नगद रू ५००० रूपैयाँसहित मेडल,प्रमाणपत्रद्वारा पृरस्कृत भएका थिए ।
साथै प्रतियोगितामा उत्कृष्ट खेलाडी आपस्वाँराका एलेक्स थापाले नगद रू १००० रूपैयाँ,उत्कृष्ट गोलकिपर आजिस गुरूङले पनि रू १००० रूपैयाँ , उच्चस्कोर मनोज बराम नगद रू १००० रूपैयाँसहित सम्मान गरिएको थियो ।

उक्त आयोजका टिमले दृई संस्थाबिचमा भएको मैत्रीपूर्ण खेल खेल्ने गोरखा ताकुकोट सेवा समाज काठमाडौका खेलाडीलाई प्रमाणपत्र दिएर सम्मान गरिएको थिए।प्रतियोगिताको पृरस्कार वितरण साारोहमा समृद्ध ताकु युवा समाजका अध्यक्ष राजन लामिछाने र साथमा गोरखा ताकुकोट सेवा समाज काठमाडौंका अध्यक्ष कृष्ण प्रसाद पनेरूद्वारा वितरण गरिएको थियो ।