१० पुष काठमाडौँ । मृगु जिल्लामा तुलसा विश्वकर्मामाथि भएकाे जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाज पक्राउ परेका छन्।
सोरु गाउँपालिका–९ खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी तुलसा विश्वकर्मामाथि जातीय विभेद गरेको आरोपमा स्वास्थ्य चौकीका इर्न्चाज सुरजकुमार शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिए ।
पक्राउ पर्ने सुरजकी आमा झापु शाही र धनप्रसाद भट्टलाई पक्राउ गरी अनुसन्धानका लागि अदालतमा ७ दिन म्याद थप गरिएको प्रहरी निरीक्षक कार्कीले बताए ।दाङ तुल्सीपुर घर भई सोरु गाउँपालिका खनायाँ स्वास्थ्य चौकीमा कार्यरत अनमी विश्वकर्मा स्वास्थ्य इर्न्चाज सुरजको घरमा डेरा गरी बस्दै आएकी थिइन ।
गत वैशाखमा सुरजकी आमा झापुले अनमी तुलसालाई दलित भनेर थाहा पाएपछि जातीय भेदभाव गरेको र डेरा सार्न दबाब दिएको उनीमाथि आरोप लागेको छ ।जातीय विभेदको आरोपमा ३ जनामाथि जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दर्ता भएको र तीनै जनालाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।