१०द पुष काठमाडौँ । काठमाण्डौ उपत्यकासहित अहिले बाग्मती, कोशी र गण्डकी प्रदेशका पहाडी केही भागमा मौसम बदली छ। तराईका थोरै ठाउँमा हुस्सु छ।
घाम लागेपछि बिस्तारै हुस्सु हट्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो। आज दिउँसो सुदूरपश्चिम प्रदेशलगायत कोशी र गण्डकीका पहाडी क्षेत्रमा मौसम आंशिक बदली रहने र बाँकी धेरै ठाउँमा सफा हुने अनुमान मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ।