१० पुष काठमाडौँ। तनहुँको आँबुखैरेनी गाउँपालिका वडा न ४ पावरहाउस नजिकै जिप दुर्घटनामा हुदा ५ जना घाईते भएका छन् । बिहान ४ बजेतिर दुर्घटना भएको आँबुखैरेनी प्रहरीले जानकारी दिएको छ ।
आँबुखैरेनीबाट मुग्लिनतर्फ जादै गरेको बा १७ च ७९६० नं।को बोलेरो जीप दुर्घटना परी सडकबाट करिब १५० टिर तल मस्र्याङ्गदी नदीमा खसेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा ५ जना घाइते हुनेहरुमा कैलाली धनगढी–४ का २७ वर्षीय दयाराम राना, सुर्खेत बिरेन्द्र नगर नगरपालिका–६ का २८ वर्षीय थानेश्वर भट्टराई, सोही स्थान बस्ने २८ वर्षीय निबस खत्री, दार्चुला महाकाली–५ बस्ने वर्ष २४ को राकेश भट्ट र कैलाली गोदाबारी–३ बस्ने वर्ष ३० को खगेन्द्रराज पनेरु रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।
घाईते मध्ये केहीको आँबुखैरेनी अस्पताल र भरतपुरको पुरानो मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।थप विवरण आउन बाकी छ ।