११ पुष काठमाडाैँ । नेपालका क्रिकेटर सन्दीप लामिछानेमाथि लागेको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौँमा सुरु भएको सुनुवाइले बुधबार पनि निरन्तरता पाएको छ ।तर बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ ।
गत आइतबारदेखि सन्दीपविरुद्धको मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा निरन्तर सुनुवाइ भएको छ ।बुधबार पनि सरकारी वकिल र पीडितका कानुन व्यवसायीहरूले बहस गरेका छन् ।