Logo

बिहिवार, कार्तिक १३ गते २०८३

वक्तृत्वकला प्रतियोगितामा सरस्वती मा. विका समिप खत्री प्रथम

वक्तृत्वकला प्रतियोगितामा सरस्वती मा. विका समिप खत्री प्रथम

जोईन खबर

१२, पौष २०८०
  • 700
    SHARES
  • वक्तृत्वकला प्रतियोगितामा सरस्वती मा. विका समिप खत्री प्रथम

    १२ पुष काठमाडौँ । गोरखा नगरपालिकामा नगरपालिका स्तरीय वक्तृत्वकला प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालयका समिप खत्री प्रथम भएका छन् । नेपाल तमू (गुरुङ)विद्यार्थी छोँज धी जिल्ला कार्यसमिति गोरखाले तमू ल्हेसारको अवसमा आयोजना गरेको "संस्कार सांस्कृतिमा भित्रिएको विकृति नियन्त्रणमा हाम्रो जिम्मेवारी " भन्ने विषयमा बोल्दा सरस्वती माध्यमिक समिप खत्री प्रथम,द ओल्ड क्यापिटलकी प्रसिद्धिका अर्याल द्धितिय, लक्ष्मी सामुदायिक विद्यालयका समित रोका तृतीय भएको सचिब मोहन गुरुङले जानकारी दिए ।

    images

    महालक्ष्मी माध्यमिक विद्यालयकी आरती गुरुङ र नवज्योति माध्यमिक विद्यालयकी आयुष्मा रायमाझी सान्त्वना भएकी नेपाल ९गुरुङ० तमू विद्यार्थी छोज धी जिल्ला कार्यसमितिले जनाएको छ ।प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई ५ हजार, द्धितिय स्थान हासिल गर्नेलाई ३ हजार, तृतीय स्थान हासिल गर्नेलाई २ हजार प्रदान गरीएको थियो भने , प्रतियोगितामा  सान्त्वना हुने विद्यालयका विधार्थीलाई १/१ हजार रुपैयाँसहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

    images
    images
    images

     कार्यक्रमको अध्यक्षता तमू विद्यार्थी छोँज धी जिल्ला अध्यक्ष मनोज गुरुङ र प्रमुख आतिथ्यतामा तमू ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषदका जिल्ला कार्य समितिका अध्यक्ष रामबहादुर गुरुङबिच कार्यक्रम सम्पन्न भएको हो ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १०:३९:१२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको