१२ पुष काठमाडौँ।गोरखाको चुमनुब्री गाउँपालि वडा न २ स्यो गाउँमा सामान पु¥याएर फर्कदै गर्दा भीरबाट खसेर ढुंगाले लागेर घाइते भएका खच्चड व्यवसायी रामबहादुर गुरुङ लाई उपचार खर्च संकलन गरिरहेका छन्।
घाइते गुरुङ लाई काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा उपचाररत रहेको उनको आर्थिक अबस्था कमजोर भएकाले चुमनुब्री गाउँपालिकाका सामाजिक व्यक्तित्वहरुले आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरेका छन् । धार्चे गाउँपालिका ५ का कैमीलाई उपचारका लागि संकलन गरिएको तीनलाख ९५ हजार पाँचसय रुपैयाँ हस्तान्तरण भइसकेको गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए ।
चुमनुब्री २ का छेवाङ ग्याल्जेन र चुमनुब्री ७ का छिरिङ फुञ्जोको अगुवाइमा संकलित सो रकम बिरामीलाई भेटेर हस्तान्तरण गरिएको लामाले बताए । एक लाख २५ हजार,७० हजार र दुईलाख गरेर तीनपटक हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताउनु भयो । घाइतेको स्वास्थ्य अबस्था गम्भीर भएको कारण उपचारका लागि आर्थिक अबस्था कमजोर भएकाले सबैसंग आर्थिक संकलन गरी सहयोग गरिएको अध्यक्ष लामाको भनाइ छ।
खच्चड धपाउँदै फर्कने क्रममा बिही क्षेत्रमा माथिबाट झरेको ढुंगाले लागेर कैमीलाई भीरमा पु¥याएको थियो ।