Logo

बिहिवार, कार्तिक १३ गते २०८३

पशुपति मन्दिरको गेटबाट हराएकी २ वर्षीया बालिकाकाे उद्धार

पशुपति मन्दिरको गेटबाट हराएकी २ वर्षीया बालिकाकाे उद्धार

जोईन खबर

१२, पौष २०८०
  • 799
    SHARES
  • पशुपति मन्दिरको  गेटबाट हराएकी २ वर्षीया बालिकाकाे  उद्धार

    १२ पुष काठमाडौँ । काठमाडौँको पशुपति मन्दिरको गेट नजिकैबाट हराएकी २ वर्षीया बालिकाको प्रहरीले उद्धार गरेको छ । अपहरण परेकी बालीका आकिशा सुनुवार रहेकी छिन ।बालीका आमाले चलाउँदै आएको चिया पसलबाट एक जना व्यक्तिले बालिकालाई अपहरण गरेको भन्दै प्रहरी कहाँ उजुरी परेको थियो ।

    images

    उजुरी परे लगत्तै जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरले खोजी थालेको थियो ।त्यसक्रममा बिहीबार बालिकालाई भक्तपुरबाट उद्धार गरेर एक जना व्यक्तिलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी भुपेन्द्र खत्रीले बताए ।प्रहरीले पक्राउ परेका व्यक्तिलाई स्वास्थ्य जाँचका लागि पठाएका छौं ।पक्राउ परेका व्यक्ति चिया पसलमा नियमित आइराख्थे ।

    images
    images
    images

    उनले प्रहरीसँग बालिका आफ्नो छोरी भएको दाबी गरेका छन् । अनुसन्धानका एक अधिकृतले भने बालिका अपहरण गर्ने व्यक्ती  मानसिक अवस्था ठीक नभएको जस्तो बुझिन्छ, स्वास्थ्य जाँचपछि के रिपोट आउछ अनि केही कुरा पत्ता लाग्ने थाहा हुने बताएका छन् ।ती व्यक्ती बालिका लिएर  पठाओमा गएको देखिएको थियो । पछि सीसी टीभी क्यामरालगायतको सहयोगमा बालिकालाई भक्तपुरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान  भइ रहेको प्रहरीले बताए ।

    प्रकाशित मिति :पौष १२, २०८० बिहिवार - १३:४७:५४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको