१६ चैत, काठमाडौं ।भारतीय महिलालाई नेपाल प्रहरीले झण्डै ८ किलोग्राम कोकिनसहित दुई भारतीय महिलालाई पक्राउ गरेको छ ।
प्रहरीको लागू औषध नियन्त्रण ब्यूरोले काठमाडौंबाट नयाँदिल्ली जान लागेकी ४५ वर्षकी भल्लालामीलाई १४ चैतमा पक्राउ गरेको छ । उनको साथबाट २ किलो ८८७ ग्राम कोकिन बरामद गरेको छ ।भारतीय नागरिक २९ वर्षकी इस्टर लालिम्पुरीलाई ठमेलको एक होटलबाट ५ किलो कोकिनसहित पक्राउ गरेको ब्यूरोका प्रवक्ता एसपी चक्रराज जोशीले जानकारी दिए ।