Logo

मंगलवार, श्रावण १२ गते २०८३

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निम्स र बीएनए सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश

१५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निम्स र बीएनए सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश

जोईन खबर

१३, पौष २०८०
  • 826
    SHARES
  • १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा निम्स र बीएनए सेमिफाइनलमा सेमिफाइनलमा प्रवेश

    १३ पुष काठमाडाैँ ।निम्स र बसुन्धरा नेसनल एकेडेमी (बीएनए) १५ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।निम्सले एचएचसीएलाई २०–१४ ले पराजित ग¥यो । निम्सकी टीना लिम्बूले १० अंक योगदान गरिन् ।

    images

    स्मृति खत्रीको १३ अंक सहयोगमा बीएनएले ग्रिनल्यान्डलाई १७–१५ ले हरायो ।सिनियर गल्र्समै एनसीसीएसले हिमरश्मिलाई २३–१४ तथा भ्याली पब्लिकले आयोजक ठुङरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘बी’ लाई २६–६ ले पाखा लगाउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । एनसीसीएसकी दिभा महर्जन र भ्याली पब्लिककी लोरिशा गौचनले समान १३–१३ स्कोर गरे ।

    सेमिफाइनलमा भ्याली पब्लिकको भेट बीएनएसंग हुनेछ भने निम्सले एनसीसीएस विरुद्ध खेल्ने छ ।सिनियर ब्वाइजमा निम्सले जेनिथलाई ४४–४१, ग्रिनल्यान्डले टीआईएलाई ५५–२७, भ्याली पब्लिकले बीएमसीएलाई ३१–२० र एचएचसीएले विल्सन एकेडेमीलाई ४३–२८ ले पन्छ्याउदै सेमिफाइनलमा स्थान पक्का गरे ।

    निम्सका सुवास लामिछानेले २०, ग्रिनल्यान्डका प्रवीण गुरुङले २४, भ्याली पब्लिकका सुनिल पौडेलले ७ र एचएचसीएका डेविड राईले १६ स्कोर गरे । सेमिफाइनलमा एचएचसीएले निम्स तथा भ्याली पब्लिकले ग्रिनल्यान्ड विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - ०९:४८:२५ बजे

    जोईन खबर

    images
    ताजा अपडेट
    धेरै पढिएको