१३ पुष काठमाडौँ । ललितपुरको बालकुमारीमा मन्त्रीको गाडीमा आगजनी गरिएको छ । आज बिहान ११ बजे तिर इपीएस फोरमका युवाहरूले मन्त्रीको गाडीमा आगो लगाएका हुन् ।

ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाइदिएका छन् ।ति आन्दोलनरत युवाहरूले बालकुमारीमा मन्त्री ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । युवाहरूले अहिले सडक कब्जा गरेका छन् ।

उनीहरूले ईपीएस कोरिया शाखाले सिपबिल्डिङमा आवेदन दिएकामध्ये १८ जनाले मात्रै कोरिया भाषा परीक्षामा भाग लिन पाउने बताएपछि बाँकीले आन्दोलन गर्ने थालेका हुन् ।
ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका बेला बालुकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोकेर मन्त्री र पीएसओ गाडीबाट निकालेर प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।