Logo

बिहिवार, कार्तिक १३ गते २०८३

ललितपुरकाे आन्दोलनमा मृत्यु हुनेको संख्या दुई पुग्याे

ललितपुरकाे आन्दोलनमा मृत्यु हुनेको संख्या दुई पुग्याे

जोईन खबर

१३, पौष २०८०
  • 925
    SHARES
  • ललितपुरकाे आन्दोलनमा  मृत्यु हुनेको संख्या दुई पुग्याे

    १३ पुष काठमाडाैँ । ललितपुरमा मन्त्रीको गाडी आगजनी घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ। आन्दोलनमा घाईते भएका दुई मध्य एक जनाको पाटन अस्पताल र एकजनाको किष्ट अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

    images

    मृतकको परिचय खुलेको छैन। उनिहरु आन्दोलनकारी हुन् वा सर्वसाधरण भन्ने पनि प्रष्ट भइनसकेको प्रहरीले जनाएको छ। आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनीमा भएको हो।

    images
    images
    images

    मन्त्रीको गाडीलाई आन्दोलनकारीले घेरेपछि प्रतिकारमा शुरक्षाकर्मीले गोली चलाएका थिए। प्रहरीले अश्रुग्यास पनि प्रहार गरेको थियो।

    रोजगार अनुमति प्रणाली (इपिएस)आवेदन फारम भर्न नपाएको भन्दै आन्दोलनमा उत्रिएकाहरुले शुक्रबार दिउँसो मन्त्री ज्वालाको गाडीमा आगजनी गरेको  प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए।

    प्रकाशित मिति :पौष १३, २०८० शुक्रवार - १५:०४:०३ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको