१४ पुष काठमाडाैँ । गोरखा वारपाक सुलिकोट गाउँपालिका सौरपानीमा रहेको बारपाक प्राविधिक शिक्षालयको डिप्लोमा तिन वर्षे कोर्स पुरा गर्ने विधार्थीहरूको विदाई तथा नयॅा बिद्यार्थीहरुको स्वागत कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षालयले बिहिबार बारापाक सुलिकोट गाउँपालिका वडा न ४ सौरपानी स्थित हुण्डिफाँटमा रहेको शिक्षालयको सभा हलमा एक विशेष कार्यक्रम गरि विधार्थीहरूलाई स्वागत र विदाई कार्यक्रम गरिएको हो ।

विहान १० बजेदेखि सुरु भएको कार्यक्रममा बारपाक सुलिकोट गाउँपालिका अध्यक्ष विष्णु प्रसार भट्टको प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता शिक्षालयका प्रमुख सुवास ओलियाले गरेका थिए।
उक्त कार्यक्रममा विशेष अतिथिहरूमा गाउँपालिका भित्रका विभिन्न वडाका वडा अध्यक्ष समेत उपस्थिती रहेको थियो। कार्यक्रममा शिक्षालयका प्रमुख सुवास ओलीयाले नयाँ बिधार्थीहरूलाई स्वागत गर्नु भएको थियो ।

साथै ओलियाले शिक्षालयबाट तिन बर्षे कोर्स पास गरेका विधार्थीहरूमा बधाई तथा उनीहरूको भविष्यमा अझै प्रगति गर्दै जानेमा विश्वास व्यक्त गर्नु भयो । प्रमुख अतिथि गाउँपालिक अध्यक्ष बिष्णु प्रसाद भट्टले विधार्थीहरूलार्ई तिन बर्षको कोर्स सकिनेलाइ बधाई र अब आउने नयाँ भर्ना विधार्थीलार्ई स्वागत भन्दै शिक्षालयमा पढ्ने विधार्थीहरूलाई यहाँको शिक्षा अझै धेरै गुणस्तरी बनाउने भने सोचेको कुरा प्रष्ट पार्नु भयो ।

यस कार्यक्रममा तिन वर्ष पुरा भइ परिक्षा दिइएका विधार्थीहरूलार्ई गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्ट, शिक्षालयका प्रमुख गाउँपालिका भित्रका वडा अध्यक्षले कलम,डायरी फूलमाला,अविर ,खादा ओढाएर बिदाइ गरिएकाे थियाे, भने नयाँ भर्ना भएर अाउने विधार्थीहरूलार्ई गाउँपालिका अध्यक्ष बिष्णु प्रसाद भट्टबाट अविर र खादा ओढाएर स्वागत गरिएकाे थियाे ।
उक्त कार्यक्रममा शिक्षालयमा पढने विधार्थीहरूले विभिन्न सांगीतिक प्रस्तुतिहरू समेत पस्तुत गरेका थिए ।

जसमा यो शिक्षालयको स्थापन कालमा भएका इतिहांसहरू यसको स्थापन स्थानीय सरकार गाउँ गाउँमा पुगे पछि गरिएको थियो। २०७६ सालबाट सञ्चालन भएको बारपाक सुलिकोट गाउँपालिकामा गाउँपालिकाको विशेष पहल कदमिबाट बारपाक बहुप्राविधिक शिक्षालयमा सिटिइभिटी आंङगिक क्याम्पस पशु भेटनरी र कृषि जेटिएको प्राविधिक क्याम्पस पढाइ हुने भएको हो ।
यसको स्थापना गर्न गाउपालिका अध्यक्ष विष्णु प्रसाद भट्ट ज्यूको अथाह मेहनत पश्चात उक्त प्राविधिक शिक्षालय नेपाल सरकारबाट स्वीकृत भई सञ्चालनमा ल्याएको गाउपालिका प्रवक्ता जित बहादुर नेपालीले बताउनु भयो। यस शिक्षालयले पहिलो वर्षमा लगभग ६० रोपनी जग्गामा पहिलो ब्याजका विद्यार्थीहरुको प्राक्टिकलको रुपमा कृषि तथा पशुपालन क्षेत्रमा पनि उपलब्धी गरेका थिए ।

जसमा कृषि क्षेत्रमा विद्यार्थीहरुले पढ्दै आफ्नो सिपको र शिक्षाको सदुपयोग बाट उक्त जग्गामा धान खेती, तरकारी खेती ,बङगुर पालन, कुखुरा पालन, बाख्रा पालन गरि कृषि पशु सम्बन्धि प्राक्टिकलको काम गरेर तिन बर्षे कोर्सको रूप गर्दै आएको पनि उनले बताए।

यस शिक्षालयलाई गण्डकी प्रदेशकै नमुना शिक्षालयको रुपमा बारपाक बहुप्राविधिक शिक्षालय रहेको छ । पहिलो सुरुवाती व्याजमा नै अध्ययन गर्ने आउने जिल्ला गोरखा ,लम्जुङ, चितवान, हुम्ला रुकुम, रोल्पा लगायत १३ वटा जिल्लाबाट विद्यार्थीहरु अध्ययनका लागि आउने गरेका छन् ।

विद्यार्थीहरुलाई कम खर्चबाट यहाँबाट शिक्षा लिदा लिने सुविधा दिएको हो । जसमा अहिले बारपाक बहुप्राविधिक शिक्षालयले आफनै सुविधा सम्पन्न भवन बन्दै गरेको पनि उहाँले बताउनु भयो । अवको ४ महिना पछि बन्दै गरेको भवन सञ्चालनमा आउने समेत वताएका छन्।

पहिलो व्याजका विधार्थीहरूले शिक्षालयमा एउटा नयाँ अभियानका साथमा पढदै कमाउदै भने कार्यक्रम अन्तरगत उक्त प्राविधिक शिक्षालयमा विधार्थीहरूले पशुपालन र अन्नबालि तरकारी खेती गरेका थिए ।

गाउँपालिका वा शिक्षालयले पढन मन हुदा हुदै पनि गरिबीका कारण पढन नपाउने विधार्थीको लागि वार्षिक शुल्कका आधरमा ५०%अनुदान समेत दिने व्यवस्था पनि गरेको छ । शिक्षालयले अध्ययनका लागि अन्य ठाउँ वा जिल्ला बाहिराबाट आउने छात्रा विद्यार्थीहरुलाई निशुल्क बस्ने व्यवस्था समेत गरीएको छ । यहाँ नेपालको सबैभन्दा सस्तो रकम शिक्षा अध्ययन गर्ने सकिन्छ ।