१६ पुष काठमाडौँ ।ललितपुरको बालकुमारी घटनामा दोषी देखिएका जोकाेही भए पनि कारबाही गर्ने प्रतिबद्धता उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् ।
सिंहदरवामा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले सरकारले उच्च स्तरीय छानबिन आयोग गठन गरेको बताए ।
छानबिन आयोग गठन गरिसकेको र छानबिनको दायरामा जो जो दोषी देखिन्छन् कानूनको दायरमा ल्याएर कारबाही हुन्छ ।
यो कुराको म दृढतापूर्वक प्रतिबद्धता गर्छु । उनले मृतकको परिवारलाई १० लाख बाहेक थप आर्थिक सहयोग र परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने बताए ।