१६ पुष काठमाडौँ । गोरखामा आफ्नै होटल भित्र एक युवा मृत अबस्था फेला परेका छन्। गोरखा नगरपालिका वडा न १४ अकला मन्दिर नजिकै आफ्नै होटल भित्र एक युवा मृत अबस्था फेला परेको हो ।
फेला परेका मृतक युवा पालुङटार नगरपालिका वडा न ८ लामाचौर घर भइ हाल गोरखा नगरपालिका वडा न १४ अकला मन्दिर नजिकै होटल सन्चालन गरि बस्ने२६ बर्षीय महेश पन्त मृत अबस्थामा फेला परेका हुन् ।
उनी धेरै दिन सम्म पनि घर नआएपछी उनलाइ आफ्नो बाबु आमाले खोज तलास गर्ने क्रममा होटलको ढोका खोलेर हेर्दा पन्त मृत अबस्थामा फेला परेको मृतकका बुबाले बताउनु भयो।
होटल भित्र मृतक फेला परेका युवाको खुट्टामा धारिलो हतियर प्रयोग गरेर हत्त्या गरिएको अबस्थामा फेला पारीएको जिल्ला गोरखाका प्रहरी उपरीक्षक अनुपाम श्रेष्ठले बताउनु भएको छ ।
प्रहरी घटना स्थलमा पुगी कानुनी कागजात पुरा गरी अहिले शबलाई पोस्टमार्टमको लागि गोरखा पठाइएको प्रहरीले बताएको छ । घटना कसरी भयो, भने बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दियो।