१७ पुष काठमाडौँ । तेल बोक्ने ट्यांकरले अटोलाई ठक्कर दिँदा दुई जनाको उपचारको क्रममा मृत्यु भएको छ।
रौतहटमा सोमबार राति साढे ७ बजे पूर्वपश्चिम राजमार्ग चन्द्रनिगाहपुरस्थित चिडिया दहचोकमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीले जानकारी दिइन्।
ज १ झ ४४८५ नम्बरको ट्यांकरले प्रदेश २(०३(००१ ख १९२७ नम्बरको अटोलाई ठक्कर दिँदा अटोमा सवार ६ जना घाइते भएका थिए।
घाइतेहरूलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा दुई जनाको मृत्यु भएको डिएसपी गिरीले बताइन्।
मृत्यु हुनेमा ४० वर्षीया पिंकु सिंह र २० वर्षीय अब्देश राम छन्।अरू घाइतेको उपचार भइरहेको छ भने,प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ।