१७ चैत काठमाडौ। विरेन्द्रनगर नगरपालिका ७ शिवालय चोकमा गएराती मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडी सवार १ जना भने घाइते भएका छन् । सुर्खेतकै बिरेन्द्रनगर नगरपालिका २ कोलडाँडाका अन्दाजी २४ वर्षीय सुदिप चौधरीको मृत्यु भएको हो ।
घाईते भएका उनलाई उपचारको लागि सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेको थियो । घाईते भएका पछाडी सवार बाँकेको बैजनाथ गाउँपालिका ३ का २२ वर्षीय शुसिल चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

कर्णाली प्रदेश ०२-००१ प ४९८७ नम्बरको मोटरसाईकल गएराती सवा १ बजे अनियन्त्रित भई पल्टीएको थियो । मृतक र घाईते दुबै जना नेपाल आर्मीका सैनिक जवान रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।