१७ पुष काठमाडौँ । ललितपुरको बालकुमारी घटनामा आन्दोलनकारीमाथि प्रहरीले आक्रमणमा परी मारिएका दुइ युवाको शव आज परिवारलाई जिम्मा लिएका छन् । ति युवा दैलेखका सुजन रावत थिए ।
अहिले रावतको शव नेपाली सेनाको हेलिकप्टरमार्फत मंगलबार घर लगिएको प्रहरीले जनाएको छ । उक्त घटनामा मृत्यु हुने अछामका वीरेन्द्र शाहको शव पनि आज नै प्रहरीले परिवारलाई जिम्मा लगाउने कानुनी तयारी गरी रहेका छन् । शाहको शव सुर्खेतमा पुगेको छ । त्यहाँबाट अछाम लाने तयारी गरिएको छ ।
गत शुक्रबार उनीहरु बालकुमारीमा इपीएस कोरिया शाखामा भाषा परीक्षाको आवेदन दिन पुगेका विद्यार्थी र प्रहरीबीच झडप हुँदा दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको थियो ।
झडप घाइते भएका सुजनको इमाडोलस्थित किष्ट अस्पतालमा उपचारको क्ममा मृत्यु भएको थियो । वीरेन्द्रको पनि उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको थियो ।