Logo

मंगलवार, कार्तिक ११ गते २०८३

अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित

अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित

जोईन खबर

१८, पौष २०८०
  • 874
    SHARES
  • अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित

    १८ पुष काठमाडाैँ । उमा कुङफुका अन्तर्राष्ट्रिय निर्णायक एवं भेट्रान खेलाडी संजीतकुमार राई अमेरिकाको टेक्सासमा सम्मानित भएका छन् ।किरात राई समाज, अमेरिकाले खेलकुदको माध्यमबाट नेपाल र किरात राई समुदायको प्रतिष्ठा अभिबृद्धि गरेवापत पारुहाङ साँझ– २ को अवसरमा संजीतलाई सम्मान गरेको हो ।

    images

    सिटी अफ अर्भिङका डेपुटी मेयर डेनिस वेव, किरात राई समाज, अमेरिकाका अध्यक्ष खगेन्द्र राई र किरात राई समाज, अमेरिका (टेक्सास च्याप्टर) का अध्यक्ष दिलिप राईले संजीतलाई प्रशंसा पत्र प्रदान गरी एक कार्यक्रमबीच सम्मान गरे ।

    images
    images
    images

    राष्ट्रिय उमा कुङ फु प्रतियोगितामा आफ्नो तौलसमूहका दुईपटकका राष्ट्रिय च्याम्पियन संजीत स्लोभेनियामा भएको डब्लुएमएसी उमा विश्व च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन् ।

    2(5).jpegनेपाल उमा कुङ फु संघका वरिष्ठ उपाध्यक्ष समेत रहेका संजीत अमेरिकामा हुने ब्याटल अफ द ड्रागन च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न र निर्णायकको भूमिका निर्वाह गर्न हाल अमेरिकामा छन् ।सम्मानित भएपछि संजीतले सम्मानले खेलकुदमा अझ सक्रिय भएर अगाडि बढ्न प्रेरित गरेको बताउदै सम्मानका लागि किरात राई समाज, अमेरिकालाई धन्यवाद दिए ।

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १०:५०:०६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको