Logo

बिहिवार, कार्तिक १३ गते २०८३

हेटौँडामा मोटरसाइकलले ठक्कर दिदा एक प्रहरी जवानको मृत्यु

हेटौँडामा मोटरसाइकलले ठक्कर दिदा एक प्रहरी जवानको मृत्यु

जोईन खबर

१८, पौष २०८०
  • 691
    SHARES
  • हेटौँडामा मोटरसाइकलले  ठक्कर दिदा एक प्रहरी जवानको मृत्यु

    १८ पुष काठमाडाैँ । मकवानपुरको हेटौँडामा मोटरसाइकलको ठक्करबाट एक प्रहरी जवानको मृत्यु भएको छ । बुधबार बिहान हेटौँडा उपमहानगरपालिका वडा नम्बर ११ थानाभर्‍याङस्थित पूर्वपश्चिम राजमार्गमा अभ्यासका लागि दौडिँदै गरेको अवस्थामा मोटरसाइकलले ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको हो ।

    images

    अन्य २ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।मृत्यु हुनेमा डडेलधुरा जिल्लाको आलिताल गाउँपालिका वडा नम्बर ६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौडामा कार्यरत वर्ष २५ का प्रहरी जवान विनोद एडी रहेका छन् । प्रहरी जवान एडीलाई हेटौँडा बजारबाट नवलपुरतर्फ जाँदै गरेको ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।

    images
    images
    images

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका एडीलाई उपचारको लागी हेटौँडा अस्पताल लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घाइते भएका प्रहरी जवान नवराज सार्की र विजय खत्री सामान्य अवस्थामा रहेको र उपचारपछि डिस्चार्ज गरिएको उनले बताए । 

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १२:२३:१८ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको