१८ पुष काठमाडाैँ । बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई जन्मकैदको सजाय सुनाएको छ । सोमबार जिल्ला अदालत दैलेखले जिल्ला न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई जन्मकैद सजाय सुनाएको हो ।
बालिका बलात्कार कसुरमा रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिवाना र पीडितलाई ५० हजार क्षतिपूर्ति दिने फैसला इजलासले गरेको दैलेख जिल्ला अदालतका सूचना अधिकारी हरिप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
मुलुकी अपराध संहिता २०७४ को दफा २१९ ९३० मा १० वर्षभन्दा कम उमेरकी बालिकालाई जबर्जस्ती करणी गरेमा जन्मकैद हुने व्यवस्था छ । पीडक प्रजापतिले २०७९ चैतमा नौ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । रेग्मीविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दा दर्ता गरेको थियो ।