Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जापानमा सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्याे

जापानमा सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्याे

जोईन खबर

१८, पौष २०८०
  • 718
    SHARES
  • जापानमा सोमबार गएको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ६४ पुग्याे

    १८ पुष काठमाडौँ । जापानमा सोमबार गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ६४ पुगेको छ । सोमबार गएको ७।६ म्याग्निच्युडको भूकम्पले इशिकावाको बाजीमा सहरमा व्यापक संरचनात्मक क्षति तथा आगलागी भएको  छ ।

    images

    बुधबारसम्म पनि भग्नावशेष र भत्किएका सडकहरूले खोजी र उद्धार कार्यमा असहजता भएकाले हालसम्मको पूर्ण जानकारी आउन सकेको छैन ।भूकम्प प्रभावित क्षेत्र नोटो प्रायद्वीपमा बुधबार बिहान ५।४ र मंगलबार साँझ पनि ४।६ म्याग्निच्युडका दुई ठूला पराकम्पन गएका छन् ।

    images
    images
    images

    स्थानीय सञ्चारमाध्यममा आएका विवरणअनुसार इशिकावाका अधिकारीहरूले सरकारलाई विपद् तथा राहतको लागि ‘सेल्फ डिफेन्स फोर्स’का कर्मचारीहरू पठाउन आग्रह गरेका छन ।भूकम्पका कारण स्थल यातायातको पहुँच टुटेका क्षेत्रहरूमा आपूर्तिहरू पुर्‍याउन हेलिकप्टर प्रयोग गर्ने तयारी गरेको सशस्त्र बलहरूले जनाएका छन् ।

    क्षतिको रिपोर्टसँगै प्रभावित क्षेत्रमा मानिसहरू भत्किएका घरहरूमा फसेको तथा उद्धारको पर्खाइमा रहेको धेरै घटनाहरू आइरहेको नगरपालिका अधिकारीहरूले जनाएका छन् ।  यद्यपि मौसम अधिकारीहरूले अर्को दुई तीन दिनसम्म शक्तिशाली पराकम्पनहरू आउन सक्ने चेतावनी दिएका छन् । एजेन्सी

    प्रकाशित मिति :पौष १८, २०८० बुधवार - १५:४१:२२ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको