१७ चैत काठमाडौ। गोरखाको भिमसेनथापा गाउँपालिका वडा न १ निवेलमा गएराति मोटरसाईकल दुर्घटना भई चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको कृष्णसरवण गाउँपालिका २ का अन्दाजी २३ बर्षीय लक्ष्मी कान्त चौधरी रहेका छन् ।

घ्याम्पेसालबाट निवेल तर्फ जाँदै गरेको भे ६ प ७४३ नम्बरको मोटरसाईकल गएराति ११ बजे अनियन्त्रीत भई सडकबाट करिब १० मिटर तल खसेको प्रहरी चौकी घ्याम्पेसालले जनाएको छ ।