Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा विद्युतीय सवारीको लगि चार्जिङ स्टेशन सञ्चालनमा आयो

गोरखामा विद्युतीय सवारीको लगि चार्जिङ स्टेशन सञ्चालनमा आयो

जोईन खबर

१९, पौष २०८०
  • 760
    SHARES
  • गोरखामा विद्युतीय सवारीको लगि चार्जिङ स्टेशन सञ्चालनमा आयो

    १९ पुष काठमाडौँ । गोरखामा पनि विद्युतीय सवारी चार्जिङ स्टेशन सञ्चालनमा आएको छ ।गोरखा जिल्लाको बजारमा रहेको  होटल इन गोरखाले टाटा कम्पनीको एउटा चार्जिङ स्टेशन सञ्चालन गरि रहेको छ । चार्जिङ स्टेशन कात्तिक महिनादेखि सञ्चालनमा आएको होटलका सञ्चालक एवं होटल व्यवसायी संघ गोरखाका अध्यक्ष निधि तिमिल्सिनाले जानकारी दिए ।

    images

    सो स्टेशन साढेँ २ लाखको लागतमा निर्माण भएको उनले बताए । दमौलीमा रहेको टाटा कम्पनीबाट ल्याएर जडान गरेको हो त्यहीँ भएर मार्केट बढ्छ कि भनेर मलाई सुविधा जस्तो गरेर दिएको अध्यक्ष तिमिल्सिना बताए । बाँकी लगानी कम्पनी आफैंले भुक्तानी गरिदियो ।यसमा एकपटकमा एउटा मात्रै गाडी चार्ज गर्न सकिनेछ ।

    images
    images
    images

    गोरखामा एउटा मात्रै चार्जिङ स्टेशन भएकाले विद्युतीय सवारीहरु जिल्ला आउँदा यहीँ आउँछन् । उनका अनुसार सरदरमा दैनिक रुपमा २÷३ वटा सवारी चार्जिङको लागि आउने गरेको छ । जिल्ला भित्रिने कुनै पनि विद्युतीय सवारी चार्जिङ स्टेशन नभएर फर्किन पर्ने अवस्था नरहेकोे उनले बताए ।

    चार्जिङ स्टेशन सञ्चालनमा आएपछि विद्युतीय गाडी लिएर होटलमा आउने ग्रहाकहरुलाई पनि धेरै नै सहजता भएको अध्यक्ष तिमिल्सिना जानकारी दिए । उनले भने  मेरो होटलमा मात्र होइन गोरखा आउने इभी गाडीहरुलाई हाम्रो चार्जिङ स्टेशनले सहयोग पुगिराको छ । अब जिल्ला आउने गाडीलाई चार्जिङ स्टेशनको समस्या पर्दैन ।एक पटक चार्ज भएपछि गाडीको क्षामता हेरेर दुईसयदेखि तीनसय किलोमिटरसम्म गुड्ने उनको भनाई छ ।

    ‘एउटा गाडी चार्ज हुन ४ घण्टा लाग्छ । एक पटक फुल चार्ज भयो भनी गोरखा—काठमाडौं ओहोर दाहोर गर्न सकिन्छ’, उनले भने, ‘हामीले अहिलेसम्म गाडी चार्ज गरे बापत अधिकतम ३७५ रुपैयाँ लिएका छौं । पेट्रोलको कुरा गर्नी हो भनी गोरखा—काठमाडौं ओहोर दाहोर गर्न ४ देखी ५ हजारसम्म लाग्छ ।’ चार्ज शुल्क प्रतियुनिट १५ रुपैयाँ तोकिएको तिमिल्सिनाले जानकारी दिए । चार्ज गर्दा खपत भएको युनिट बापतको महशुल लिने गरेको उनले बताए ।

    चार्जिङ स्टेशनमा विद्युत् आपूर्तिका लागि ३२ केभीएको ट्रान्सफर्मर, सवाँ मिटर पनि जडान गरिएकोे छ । होलटमा बास बस्ने ग्राहकले पाँचहजार भन्दा बढीको बिल तिरेको खण्डमा गाडी चार्जिङको शुल्क निःशुल्क हुने होटल सञ्चालक तिमिल्सिनाले बताए । यहाँ पनि गाडी चार्ज हुन्छ भनेर प्रचार प्रसारको कमीले होकि, विद्युतीय गाडी नै नचलेको भएर हो हप्ता दिन महिना दिनमा मात्र गाडीहरु चार्जिङको लागि लागि आउने गर्छन् उनले भने । यसबाट ठूला बससहित विद्युतीय सवारीसाधन पनि चार्ज गर्न सकिनेछ । देशभरका विभिन्न ठाउँमा आन्तरिकरूपमा खपत बढाउन, पेट्रोलियम पदार्थको खपत कम गरी वातावरणमैत्री यातायात प्रणालीको विकासमा चार्जिङ स्टेशन निर्माण गरिएको छ । एजेन्सी

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - ११:३९:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको