१९ पुष काठमाडौँ । गोरखा बारपाक सुलिकोट गाउँपालिका लगायत नगरपालिका र गाउँपालिका गरी ७ वटा पालिकालाई सम्भव नेपाल नामको संस्थाले पालिकालाई एम्बुलेन्स सहयोग गरेको छ ।
एम्बुलेन्स सहयोग पाउने नगरपालिका गाउँपालिकाहरु जस्तै पालुङटार नगरपालिका, बारपाक सुलिकोट गाउँपालिका, सिरान्चोक गाउँपालिका, चुमनुब्री गाउँपालिका, आरुघाट गाउँपालिका, गण्डकी गाउँपालिका,अजिरकोट गाउँपालिकालाई एक एक थान एम्बुलेन्स र अस्पतालको मेडिकल सामग्री सहयोग गरिएको हो ।उक्त एम्बुलेन्स सम्भव नेपाल संस्थाले गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई हस्तन्तरण गरीय संगैँ मुख्यमन्त्री पाण्डे हिजो एक कार्यक्रम गरी पालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

सामाजिक संस्थाले स्वास्थ्यका क्षेत्रमा गरेको साथ र सहयोग उल्लेख्यका साथ हाम्रा सहयोगीहरूलाई पनि यो क्षेत्रमा साथ र सहयोग गर्न मुख्यमन्त्री पाण्डेले आग्रह गरेका छन् । यसमा सम्भव नेपालले सरकारको अभियानमा साथ दिएको उनको भनाई छ ।
उक्त संस्थाले एम्बुलेन्ससँगै अक्सिजन सिलिन्डर सेट, स्ट्रेचर, सर्जिकल मास्क, ब्ल्यांकेट, एडल्ट डाइपर, हस्पिटल बेड सेट, स्पाइनल बोर्ड, फुट स्टेयर्स,बेडसाइट स्क्रिनिङ, ट्रली, स्टील दराज, मेडिकल रेफ्रिजेरेटर आइएलआर, सिरानी तन्ना, डेलिभरी बेड, हस्पिटल बेडसाइड लकर, ह्वील चेयर, इलेक्ट्रिक हिटर र ग्लब्स सहयोग गरिएको अध्यक्ष प्रेम खत्रीले जानकारी दिए ।

एम्बुलेन्स खरिद र हस्तान्तरणसम्म २ करोड ६८ लाख लगानी भएको उनको भनाई छ । ‘एम्बुलेन्सहरू सरकारले भन्सार छुट दिएको छ । नत्र यसको लागत निकै महंगो पर्थ्यो,’ उनले भने । एम्बुलेन्स सञ्चालनका लागि ४ जना स्वास्थ्यकर्मी समेत सम्भव नेपालले सहयोग गरेको छ । उक्त संस्थाले यसअघि पनि ६ वटा एम्बुलेन्स हस्तान्तरण गरेको थियो ।