Logo

बिहिवार, कार्तिक १३ गते २०८३

गोरखामा आजदेखी कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला २०८० सुरु

गोरखामा आजदेखी कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला २०८० सुरु

जोईन खबर

१९, पौष २०८०
  • 745
    SHARES
  • गोरखामा आजदेखी  कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला  २०८०  सुरु

    १९ पुष काठमाडाैँ । गोरखा बजारमा आजदेखी  मेला सुरु भएको छ । आज  मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने छन् ।  गोरखा चेम्बरले आजदेखी आयोजना गरेको ‘कृषि, पर्यटन तथा ब्यापार प्रबद्र्वन मेला–२०८० सुरु गरेको हो । मेलाको तयारी तिब्र गतिमा हिजै पुरा गरेका आयोजक गोरखा चेम्बर अफ कर्मशका अध्यक्ष भाइचन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

    images

    जिल्लाको ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटनको बिकासमा टेवा पुरर्याउने र कृषि लगायत स्थानिय उत्पादनको ब्यापार प्रबद्र्वन गर्ने उद्वेश्यका साथ मेलाको आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । मेलामा पहिलो पटक जिपलाइनको मज्जा लिन पाउने भएको छ । खेलकुद मैदानको कर्भडहल देखी मैदानको अन्तिम बिन्दुसम्म पुगिने गरी जिपलाइनको मज्जा लिना सकिने गोरखा चेम्बर अफ कर्मशका बरिष्ठ उपाध्यक्ष रामस्वरुप श्रेष्ठले बताउनुभयो ।

    images
    images
    images

    उहाँका अनुसार जिपलाइन सेवा लिने प्रति ब्यत्ति २०० रुपैयाँ बुझाउनु पर्ने छ । मेला स्थल भित्र १२५ वटा विभिन्न प्रकारको स्टल रहको संस्थाका महासचिव विण्णु रानामगरले जानकारी दिनुभयो । उहाँका अनुसार  यो ११ दिनसम्म चल्ने मेला २९ गते समापन हुने छ ।

    मेला अवधिरमा करिब ४० हजार दर्शकले मेलाको अबलोकन गर्ने अनुमान गरिएको छ । सोही अवधीमा करिब ५ करोड बरावरको कारोवार हुने पनि अनुमान गरिएको छ । आज मेलाको सुरुवातीको दिनमा  एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उदघाटन गरेका आयोजक संस्थाले जानकारी दिएको छ ।

    आज गोरखा सदरमुकामको नयाँ बसपार्क देखी खेलकुद मैदानसम्म विभिन्न जातजातीको भेषभुषा सहितको झाँकी, विभिन्न जातजातीका साँस्कृतीक झाँकी  झल्कने गरी ब्यानर सहितको रर्याली हुने गोरखा चेम्बर अफ कर्मशले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :पौष १९, २०८० बिहिवार - १४:२१:५५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको