२० पुष काठमाडौँ । गोरखाको गोरखा नगरपालिकाको खेल मैदानमा हिजो देखि सुरू भएको कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८० मा काउली नौ किलोको प्रदर्शनीमा राखिएको छ ।
गोरखा नगरपालिका ( ७, काँडाघारीस्थित धारापानीका एककुमारी बस्नेतको बारीमा एउटै बोटमा नौ किलोको काउली फलेको हो। उक्त मेला राखेको काउली जोख्दा पूरै ११ किलोको थियो ।यसको डाँठ र पात गरी दुई केजी घटाउँदा थुङ्गा मात्र नौ किलोभन्दा बढी भएको कृषि ज्ञानकेन्द्रमा गोरखाका प्रमुख नीलकण्ठ पोखरेले बताउनु भयो ।
नेपालमा अहिलेसम्मकै सबैभन्दा ठूलो काउली भएको प्रमुख पोखरेलको दाबी छ। करिब एक रोपनी क्षेत्रफलमा काउलीको व्यावसायिक खेती गर्दै आएका किसान बस्नेतको बारीमा अनुमानित आठ किलोग्रामभन्दा बढीका काउली फलेका छन्। बारीमा उत्पादित काउली ठूलो भएकाले बजारमा बिक्री गर्न कठिनाइ हुने गरेको उनको भनाइ छ।
बारीमा आठ किलोभन्दा ठूलो काउली धेरै नै फलेका छन्। बारीको सबैभन्दा ठूलो काउली टिपेर जोख्ने क्रममा ११ केजीको भएको पाइयो”, बस्नेतले भने, लामो समयको मेहनत र परिश्रमका कारण राम्रो उत्पादन भएकामा खुसी लागेको छ।
कृषि क्षेत्रमा निरन्तर मेहनत गर्दै आएकी किसान बस्नेतले मौसमी तथा बेमौसमी तरकारी खेती गर्ने क्रममा यसपटक एउटै काउली नौ केजीभन्दा बढीको उत्पादन भएको जानकारी दिइन्। कृषि ज्ञानकेन्द्र गोरखाले किसान बस्नेतको परिवारलाई बारीमा ठूलाठूला काउली फलेकाले ‘कृषि, पर्यटन तथा व्यापार प्रवद्र्धन मेला–२०८०’ को प्रदर्शनीमा लैजान सुझाव दिएको हो।
बस्नेतले भने भदौमा रोपेको काउली अहिले टिपेर पूरै जोख्दा ११ केजी रहेको पाइयो। मेलामा ज्ञान केन्द्रले प्रदर्शनमा राखेको उक्त काउली हेर्नेका हाल भीड नै लागेको छ।