२० पुष काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका कुलपतिलाइ पुष्पकमल दाहाल प्रचण्डले त्रिवि उपकुलपतिको नियुक्ति प्रक्रियाका लागि आह्वान गरेको विज्ञापनका नियम सच्चाउन निर्देशन दिनुभएको छ।
शुक्रबार प्रकाशित गरिएको सूचनाले योग्य मान्छेहरू छनोट बन्चित हुनसक्ने भन्दै उक्त् त्रुटिको नियमलाइ सच्चाएर अर्को सूचना निकाल्न निर्देशन दिनुभएको हो। शुक्रबार दिउँसो शिक्षा, विज्ञान तथा त्रिवि सहकुलपति अशोककुमार राईलाई प्रधानमन्त्रीको कार्यकक्षमा बोलाएर उक्त विज्ञापन सच्चाउन निर्देशन दिनुभएको छ ।
प्रधानमन्त्रीले आफूले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन खोजेको प्रधानमन्त्रीले बताउनु भयो ।
शुक्रबार छनोट तथा सिफारिस समितिको तर्फबाट प्रकाशित सूचनामा ‘विश्वविद्यालयको पदाधिकारीमध्ये कुनै एक पदमा कम्तीमा तीन वर्ष काम गरेको ९वर्ष, महिना र दिनसमेत० व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुभएको सूचनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्रीले पदाधिकारीमा तीन वर्षे अनुभवको प्रावधान हटाउन निर्देशन दिनुभएको हो।
यो नियमले पूर्वपदाधिकारीहरू मात्रै प्रतिस्पर्धाका निम्ति योग्य हुने प्रधानमन्त्रीले स्वदेश तथा विदेशमा रहेको जोकोही योग्य प्राज्ञिक नेपालीले दरखास्त हाल्न सक्ने बताउँदै प्रधानमन्त्रीले सक्षम र योग्य मान्छे आउने बाटो सम्पूर्ण रूपले खुला गरी अर्को विज्ञापन खोल्दै मन्त्रालयमार्फत शिक्षामन्त्रीलाई निर्देशन दिनुभएको छ।