२० पुष काठमाडाैँ । सर्लाहीमा प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारीको मृत्यु भएको छ । बरहथवा - ६ प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले एकजना प्रदर्शनकारीको मृत्यु भएको पुष्टि गरे । मृततकको पहिचान खुलेको छैन ।गोली लागेर मृत्यु भएको हो वा होइन भन्ने नखुलेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन अश्रुग्यास हान्नुका साथै हवाई फायर गरेको थियो ।