२१ पुष काठमाडाैँ । राष्ट्रिय सभामा सिट बाँडफाँट गर्न सत्ता गठबन्धनको निर्णायक बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान ९ बजे बस्ने नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
लेखकका अनुसार राष्ट्रियसभामा एमालेसँगको सहकार्य नहुने निष्कर्षमा पुगेपछि आपसमै सिट बाँडफाँड गर्नेबारे गठबन्धनमा निर्णायक वार्ता हुन लागेको हो ।एमालेले सबै सिटमा एक्लै उम्मेदवारी दिने निर्णय गरेपछि गठबन्धनले तत्कालका लागि ऊसँगको सहकार्य टुङ्ग्याएको हो ।
एमाले सचिवालय बैठकले १९ वटै सिटमा उम्मेदवारी दिने निर्णय गरेको थियो । एमालेले गठबन्धनसँग ६ सिट मागेको थियो ।