२१ पुष काठमाडौँ । गोरखा जिल्लाको गोरखा नगरपालिका– ११, कोरियन डाँडामा करिव ११ रोपनी क्षेत्रफलमा ५ जना युवाहरुले मिलेर ७ करोड रुपैयाको लगानीमा नमुना पेट्रोलपम्प सञ्चालनमा ल्याउने भएका छन् । नमुना पेट्रोलपम्प ‘गोरखकाली फ्युल सेन्टर’ सुरु गर्न पम्प सञ्चालक मध्येका एक अच्युतलाल श्रेष्ठले जानकारी दिनुभयो । पम्प सञ्चालनका लागि सम्पुर्ण पूर्वाधार निर्माण पुरा भएको उहाँले बताउनुभयो ।
नुमना पेट्रोल पम्पको तेल भण्डार क्षमता ६० हजार लिटरको रहेको छ । यसमा डिजल ४८ हजार र पेट्रोल १२ हजार लिटर क्षमताको रहेकोर पम्पमा एटिएम मेसिन, सुविधा सम्पन्न रेष्टुरेन्टका साथै पार्किङ, कफी सप र गाडी मर्मत केन्द्र समेत राखिएको श्रेष्ठले बताउनुभयो ।
युवाहरुले सुरु गर्न लागेको संयुक्त व्यवसायले विदेश पलायन हुने युवाहरुलाई स्वदेशमै मिलेर केही गर्न सकिन्छ भन्ने गतिलो उदाहारण बनेको छ ।अहिले सञ्चालन गर्न लागिएको गोरखकाली फ्युल सेन्टर गोरखा जिल्लाकै पहिलो नमुना पेट्रोल पम्प हो ।
पम्प सञ्चालनका लागि स्थानीबासी अच्यूतलाल श्रेष्ठ, शरदबावु कट्टेल, रामहरी केसी, भोला मरहट्टा र काजीराम श्रेष्ठले संयुक्त लगानी गरेका हुन् ।नेपाल निगमले अहिले देशैभर सुविधा सम्पन्न नमुना पम्प सञ्चालनको लागि थालनी गरेपछि गोरखामा पनि युवाहरु मिलेर पप्प सञ्चालनमा संरचना निर्माण लगायतका सवै तयारी पुरा गरेका हुन् ।