२२ पुष काठमाडौँ । आज आइतबार बिहानसम्म कोशी र गण्डकी प्रदेश लगायत देशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू(भागको एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहनेछ ।