Logo

बिहिवार, कार्तिक १३ गते २०८३

नेपाल विज्ञापन संघ काे अध्यक्षमा थापा , महासचिवमा घिमिरे, काेषाध्यक्ष श्रेष्ठ विजयी

नेपाल विज्ञापन संघ काे अध्यक्षमा थापा , महासचिवमा घिमिरे, काेषाध्यक्ष श्रेष्ठ विजयी

जोईन खबर

२२, पौष २०८०
  • 1.2K
    SHARES
  • नेपाल विज्ञापन संघ काे अध्यक्षमा थापा , महासचिवमा घिमिरे,  काेषाध्यक्ष श्रेष्ठ विजयी

    २२ पुष  काठमाडौं। नेपाल विज्ञापन संघ (आन)को नयाँ अध्यक्षमा एएनएस क्रियसनका अध्यक्ष सुदिप थापा विजयी भएका छन् । आइतबार भएको आनको ११औँ कार्यसमितिको निर्वाचनमा अध्यक्षमा एएनएस क्रियसनका थापासहित प्रथम उपाध्यक्षमा आउटरिच नेपालका उजय शाक्य, द्धितिय उपाध्यक्षमा प्रिज्मार्क मार्केटिङका पङ्कजलाल प्रधानलाई चयन गरेको हो ।

    images

    ani1.webp

    images
    images
    images

    यस्तै महासचिवमा फ्युचर हब मिडिया मल्टि पर्पाेजका कृष्णप्रसाद घिमिरे, सचिवमा पब्लिक एडभरटाइजिङका सन्तोष खड्का, सहकोषध्यक्षमा मिडिया टाइम्सका अरुणकाजी स्थापित निर्विरोध निर्वाचित भएका हुन । कोषाध्यक्षमा जोइन मिडियाका साजन श्रेष्ठले ६३ मत पाएर विजयी भए भने उनका प्रतिद्वन्द्वी जिरो मिडियाका जीवन पोखरेलले २५ मत पाएका थिए ।

    ani5.jpg 

    त्यस्तै, सदस्यहरूमा रोशन रेग्मी(आरसी), रोशन पौडेल, सन्तोष सिलवाल(गिरी), प्रभात रिमाल, दीपेन्द्र पौडेल, विद्यमान राज भण्डारी र मनिस अधिकारी भएका छन् । यस्तै संघको सदस्यहरूमा बिजनेश युनिटका रोशन रेग्मी ‘आरसी’, एड फ्याक्टरका सन्तोष सिलवाल गिरी, रेड पाण्डा एड लिंकका दीपेन्द्र पौडेल, मेक वेजका विधान राज भण्डारी, रेडियो लिंकका रोशन पौडेल, मार्सका मनिस अधिकारी र भोग एड एण्ड इभेन्ट म्यानेजमेन्टका प्रभात रिमाल निर्वाचित भएका छन् ।

    kamn.webp

    संघका पदाधिकारी तथा सदस्यहरूले आइतबार नै शपथ ग्रहण गरेका छन् । संघको निर्वाचनबाट सबै विज्ञापन क्षेत्रको प्रतिनिधित्व रहेको र नयाँ कार्यसमिति तीन वर्षको लागि निर्वाचित भएको संघले जनाएको छ ।

    प्रकाशित मिति :पौष २२, २०८० आइतवार - २२:५२:१६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको