२३ पुष काठमाडौँ । गोरखामा नेकपा एमालेको भातृ संगठन अनेरास्ववियु जिल्ला कमिटीले आइतबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल,गृहमन्त्री नारायणकाजी श्रेष्ठ,प्रधानन्यायधीश विश्वम्भर प्रसाद श्रेष्ठको पुतला जलाएर मसाल जुलुस गरेका थिए।
गोरखाका अनेरास्ववियु जिल्ला कमिटीले हरमटारीचोकमा तीन जनाको पुतला दोहन गरेको हो । देशमा बढ्दै गएको श्रृङ्खलावद्ध हत्याकाण्डको विरोध गर्दै उनीहरुको पुतला जलाएको अनेरास्ववियू जिल्ला कमिटीका अध्यक्ष प्रताप ढकालले जानकारी दिए ।
साथै केहीदिनअघि इपिएस परीक्षामा सहभागी हुन पाउँ भन्दै आन्दोलनरत दुई युवाको हत्या भएको विरोध स्वरुप पनि यस्तो कार्यक्रम गरिएको ढकालले बताए ।