२३ पुष काठमाडाैँ ।मधेश प्रदेशमा सत्ता गठबन्धनबाट राष्ट्रिय सभा सदस्यका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् ।
नेपाली काँग्रेसबाट केन्द्रीय सदस्य आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा)बाट पूजा चौधरीले महिला समूहतर्फ मनोनयन दर्ता गराएकी हुन् ।
मनोनयन दर्ता गराउने ढुङ्गाना धनुषाका हुन् भने चौधरी रौतहटकी हुन् । राष्ट्रिय सभा सदस्यका रिक्त अन्य र महिला समूह तर्फ दुई पदका लागि निर्वाचन हुन लागेको छ ।