२४ पुष काठमाडौँ । कोरिया ईपीएस शाखाको उत्पादनमूलक क्षेत्रको भाषा परीक्षामा फारम भरेका सबैले सहभागिता जनाउन पाउने भएका छन् ।
पानीजहाज कामको परीक्षामा फेल भएका तर उत्पादनमूलक क्षेत्रका लागि भाषा परीक्षाको फारम भरेकाहरु पनि सहभागिता हुन पाउने छन् ।
कोरियाको रोजगार अनुमति प्रणालीको वैदेशिक रोजगार विभाग र कोरियाको मानव संसाधन विभाग ९एचआरडी० बीचको बैठकले हिजो भाषा परीक्षासम्बन्धी विवाद टुङ्गो लगाएको हो । आउँदो माघ ६ गतेदेखि भाषा परीक्षा शुरु हुने र परीक्षा तीन चरणमा सम्पन्न हुनेछ ।
विभागका महानिर्देशक डन्डुराज घिमिरेले एक लाख ६४ हजार जनाले भाषा परीक्षा दिन पाउने बताए ।पहिलो चरणमा ४७ हजार, दोस्रो चरणमा ८० हजार र बाँकी तेस्रो चरणमा परीक्षामा सहभागी हुनेछन् । हरेक दिन एक हजार जनाको परीक्षा हुनेछ ।