Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जनकपुरको पार्किङबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला 

जनकपुरको पार्किङबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला 

जोईन खबर

२५, पौष २०८०
  • 808
    SHARES
  • जनकपुरको पार्किङबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला 

    २५ पुष काठमाडौँ । केही दिन अघि जनकपुरको बसपार्कबाट चोरी भएको बस सिराहाको गोलबजारमा फेला परेको छ ।

    images

    गोलबजार नगरपालिका ७ मा पार्किङ गरेको अवस्थामा उक्त बस फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    images
    images
    images

    जनकपुर भिठामोड चल्ने चल्ने ना४ख २३२७ नम्बरको नवदुर्गा ट्राभल्स बस सोमबार जनकपुरधामको बस स्टेण्डमा पार्किङ गरी राखिएको थियो । मंगलबार ४ बजे हेर्न जाँदा बस नरहेको देखेपछि बस धनी महोत्तरीको पिपरा गाउँपालिका ३ का कालिन्द्र मिश्रले प्रहरीमा उजुरी दिएका थिए ।

    जनकपुरको बसपार्कमा पार्किङमा राखिएको बस कसरी गोलबजारमा पुग्यो भन्ने  बारे अनुसन्धान भईरहेको डिएसपी अवाले बताए ।

     

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १०:२४:०९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको