२५ पुष काठमाडौँ । तनहुँको भिमादमा जिप दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।
भिमाद नगरपालिका वडा नम्बर ५ आमडाँडा र सेर्काभञ्ज्याङबीचको वरघुम्तीमा पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप दुर्घटनामा परेको हो ।
तनहुँको भिमादमा जिप दुर्घटना १२ जना घाइते इलाका प्रहरी कार्यालय भिमादका सई उदयराज पौडेलले घाइतेहरूलाई भिमादस्थित सेतीगंगा सामुदायिक अस्पताल र पोखरा लगिएको जानकारी दिए ।
जिप घुम्तीबाट करिब ३ सय मिटर तल खसेकाे थियाे ।