Logo

बिहिवार, कार्तिक १३ गते २०८३

११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ

११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ

जोईन खबर

२५, पौष २०८०
  • 673
    SHARES
  • ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ

    २५ पुष काठमाडाैँ । वैदेशिक रोजगारीका लागि पोल्यान्ड,सर्बिया,मलेसियामा पठाइदिन्छु भन्दै ११ लाख रुपैयाँभन्दा धेरै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

    images

    सर्बिया पठाइदिन्छु भनेर आठ लाख ९० हजार रुपैयाँ लिएर फरार भएका उदयपुरको कटारी घर भएका विकास कुमार घले र सञ्जय लामालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

    images
    images
    images

    यस्तै पोल्यान्ड पठाइदिन्छु भनी दुई लाख १५ हजार रुपैयाँ ठगी गर्ने दोलखाको भीमेश्वर घर भई अहिले काठमाडौँ बस्ने पूजा श्रेष्ठ पनि पक्राउ परेकी छिन् । मासिक डेढ लाख रुपैयाँ कमाइ हुन्छ भनेर लोभ देखाएर ठगेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

    यसैगरी मलेसिया पठाइदिन्छु भनी रकम ठगी गर्ने रौतहट घर भई काठमाडौँ बस्ने बिन्दालाल साह पनि पक्राउ परेका छन् । उनले नरेश शाह कानुलाई वैदेशिक रोजगारीका लागि मलेसिया पठाइदिन्छु, आकर्षक तलब हुन्छ भनी रकम लिएर सम्पर्कविहीन भएका थिए ।

    पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

    प्रकाशित मिति :पौष २५, २०८० बुधवार - १४:१०:४४ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको