२५ पुष काठमाडौँ । रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सार्वजनिक गरेको छ । बुधबार ब्युरोको टोलीले महाराजगञ्ज कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो ।
बम्जनलाई बुढानीलकण्ठस्थित घरबाट पक्राउ परीएको हो । उनलाइ सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।बाल यौन दूराचारको आरोप लागेको थियो ।
सीआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार छिट्टै सर्लाही जिल्ला अदालतमा पेश गर्ने तयारी छ ।प्रहरीले बम्जनसँगै उनको घरबाट ३ करोड ३ लाख ७५ हजार ५०० रुपैयाँ र विभिन्न १७ देशका मुद्रा गरी ३० लाख ९२ हजार ४०६ रुपैयाँ बरामद गरेको छ ।उनले हालै सेतो रङको ल्याण्डक्रुजर गाडी पनि खरिद गरेका थिए ।