२५ पुष काठमाडौँ । केही दिन अघि गोरखाको अकला मन्दिर छेवैमा होटल सञ्चालन गरेर बसेका पन्तको आफ्नै होटलमा मृत फेला परेका युवाको हत्या आरोपमा गोरखा प्रहरीले स्थानिय एक युवालाई आज पक्राउ गरेको छ ।
उक्त युवालाई प्रहरीले मंगलबार पक्राउ गरेको हो । पक्राउ परेका युवालाई गोरखा प्रहरीले कुनै पनि जानकारी खुलाएको छैन् । प्रहरीले आजै बुधबार ५ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी गरेको हो । मृतक पन्तको घर पालुङटार नगरपालिका–८ धुवाकोट लामाचौरका २८ बर्षिय पन्त पौष १६ गते सोमबार मृत्त अवस्थामा फेला परेका थिए ।
पन्तको हत्या भएको बारेमा गोरखा प्रहरी गहिरो अनुसन्धान थालेको थियो ।मृतक पन्तले गोरखा नगरपालिका–१४ को अकला मन्दिर नजिकै हिल कटेज होटल सञ्चालन गर्दै आएका थिए । पन्त घरबाट आफनो होटल फर्किए पछि एक हप्ता सम्मा सम्पर्कमा नआए पछि घरबाट आमा बाबा भेटन जादा मुतक फेला परेका थिए ।
पौष १६ गते सोमबार बिहान उक्त स्थानमा पुग्द मृत्त अवस्थामा फेला परेपछी प्रहरीलाई खबर गरेका थिए ।मृतक पन्तको शरिरको विभिन्न भागमा धारिलो हतियारको चोट देखिएपछी हत्या भएको आशंका प्रहरीले अनुसन्धानको धेरा फराकिलो पार्दै अनुसन्धान थालेको थियो ।पन्तको टाउकोको पछाडीको भाग र खुट्टाको तल्लो भागमा धारिलो हतियारको चोट देखिएको थियो । थप विवरण आउन बाकी छ ।