Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि सञ्चालन हुने

जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि सञ्चालन हुने

जोईन खबर

२६, पौष २०८०
  • 679
    SHARES
  • जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन शुक्रबारदेखि सञ्चालन हुने

    २६ पुष काठमाडौँ । नेपाल ट्रेड युनियन कांग्रेस बागमती प्रदेशको आयोजनामा जिपी कोइराला स्मृति श्रमिक कप ब्याडमिन्टन प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

    images

    युनियनका संस्थापक स्व। गिरीजाप्रसाद कोइरालाको सम्झनामा हुन लागेको प्रतियोगितामा युनियनमा आबद्ध संस्थाका समान ११६–११६ पुरुष÷महिला गरी २ सय ३२ खेलाडीको सहभागिता रहने प्रतियोगिता संयोजक प्रजापति दाहालले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

    images
    images
    images

    प्रतियोगितामा विभिन्न ७ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजकका अध्यक्ष गणेश भट्टराईले जानकारी दिए ।सबै स्पर्धामा नगद पुरस्कार रहेको प्रतियोगिताको कुल पुरस्कार राशी २ लाख रुपैयाँ रहेको छ ।

    आयोजकका अनुसार प्रतियोगिताको अनुमानित बजेट ५ लाख ६० हजार ८ सय रुपैयाँ रहेको छ । दुईदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा खेलाइने छ ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - ११:११:२६ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको