Logo

बिहिवार, कार्तिक १३ गते २०८३

जिल्ला अदालत सर्लाहीमा बम्जन विरूद्ध मुद्दाको सुनुवाइ सुरु

जिल्ला अदालत सर्लाहीमा बम्जन विरूद्ध मुद्दाको सुनुवाइ सुरु

जोईन खबर

२६, पौष २०८०
  • 742
    SHARES
  • जिल्ला अदालत सर्लाहीमा बम्जन विरूद्ध मुद्दाको सुनुवाइ सुरु

    २६ पुष काठमाडौँ । हत्या,यौन हिंसा बेपत्तको अभियुक्त लागेका रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाही पुराइ उनी  विरूद्ध मुद्दाको सुनुवाइ सुरु गरिएको छ। 

    images

    जिल्ला अदालत, सर्लाहीबाट उनीविरूद्ध पक्राउ पुर्जी जारी भएकाले निजलाई अदालतमा पेस गरिएको हो। सर्लाही अदालतमा न्यायाधीश विष्णु रेग्मीको इजलासमा उनीविरूद्ध मुद्दाको सुनुवाइ सुरु भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।  

    images
    images
    images

    हत्या र यौन शोषणको मुद्दामा सर्लाही जिल्ला अदालतले २०७६ साल माघ २३ गते बम्जनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बम्जनलाई मङ्गलबार पक्राउ गरेको थियो। तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपैयाँ र १७ देशका मुद्रासहित बरामद हो । उनी संग रहेको मोटरसाइकल ३ थान, टोयटा गाडीको १ थान, पेनड्राइभ २० थान,   मेमोरीकार्ड २ थान, ल्यापटप २ थान, मोबाईल १४ थान र ५ थान आई–प्याड र ट्याब समेत भेटिएको थियो ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १४:४५:१५ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको