Logo

बिहिवार, कार्तिक १३ गते २०८३

श्री माझथर माध्यमिक विधालयका विधार्थीहरूलाई न्यानो कपडा तथा छात्रवृत्ति प्रदान

श्री माझथर माध्यमिक विधालयका विधार्थीहरूलाई न्यानो कपडा तथा छात्रवृत्ति प्रदान

जोईन खबर

२६, पौष २०८०
  • 2.0K
    SHARES
  • श्री माझथर माध्यमिक विधालयका विधार्थीहरूलाई न्यानो कपडा तथा छात्रवृत्ति प्रदान

    २६ पुस काठमाडौं । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा न ३ स्वाँरामा रहेको श्री माझथर मा.वि. का विधार्थीहरूलाई छात्रवृत्ति तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न भएको छ । बिधालय व्यवस्थापन समितिका अध्यक्ष अमर बहादुर गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा सोहि वडा का वडा अध्यक्ष बल बहादुर गुरूङको प्रमुख अतिथ्यता रहेको थियो ।

    images

    उक्त विधालयको कक्षा ११ मा अध्यरत सन माया गुरूङलाई गो-ड्राइभर वा मेमोरियल फाउन्डेसन ट्रष्टले कक्षा ११ मा अध्ययन गर्नेका लागि नगद रू ५ हजार र फाउन्डेसन को नाम मा रहेको १० हजार बराबरको चेक हस्तान्तरण गरिएको थियो।

    images
    images
    images

    joln.jpeg

    उक्त फाउन्डेसनले गाउँपालिका भित्र रहेका विपत्तिमा परेका नागरिक तथा गरिब तथा जेहेन्दार विधार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्दै आएको र उक्त फाउन्डेसनले आगमि दिनहरूमा पनि गाउँपालिका भित्र रहेका अन्य विधालयका विधार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम रहेको फाउन्डेसन का सल्हाकार रुद्र ढकाल (हाल युके) ले जानकारी दिनु भयो।

    उक्त कार्यक्रम मा स्थानीय समाजसेवी तथा वृद्विजिवि सुक बहादुर गुरूङले समेत उक्त विधालयमा कक्षा १ देखि १२ सम्म अध्ययन गर्ने मध्य ३० जनालाई जकेट ट्रकसुट लगायतका न्यानो कपडा वितरण गर्नु भएको थियोे ।

    साथै उहाँको स्व.धर्मपत्नी प्रमिला गुरूङको नाममा खोलिएको अक्षकोषबाट प्राप्त दुई बर्षको व्याजबाट आएको रकम विधालयमा अध्यरत कक्षा ९ देखि कक्षा १२सम्मका १२ जना विधार्थीहरूलाई प्रति व्यक्ति नगद रू २ हजारको दरले जम्मा रू २४ हजार छात्रवृत्ति समेत हस्तान्तरण गर्नुभएको थियोे । उक्त कार्यक्रममा विधालयका प्रधानाध्यापक उत्तम कुमार बराम,फाउन्डेसनका सचिव मिलन ढकाल लगायतले मनतव्य राखेका थिए ।

    प्रकाशित मिति :पौष २६, २०८० बिहिवार - १९:४३:४९ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको