२६ पुष काठमाडाैँ । रुसी सेनामा भर्ती भएका एक नेपाली युवाकाे फेरी मृत्यु भएकाे छ। प्युठान नगरपालिका–४ काठेवर निवासी सोनु सुनारको मृत्यु भएको रुसबाट उनका साथीले जानकारी दिएका हुन् ।
मृतक सुनारका छिमेकी खगेश्वर थापाले दिएको जानकारी अनुसार उनीसँगै रहेका उनका साथी पनि घाइते छन् ।
निजले नै उनको मृत्युको खबर दिएका हुन् ।नगरप्रमुख योगी नेतृत्वको टोलीले भोलि सुनारका अभिभावकलाई भेटेर रुसबाट प्राप्त दुःखद खबरबारे थप जानकारी दिइने घटनाबारे परराष्ट्र मन्त्रालयमा जानकारी गराइएको थापाले बताए । थप विवरण अाउन बाकी छ ।