Logo

बिहिवार, कार्तिक १३ गते २०८३

भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न

भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न

जोईन खबर

२७, पौष २०८०
  • 700
    SHARES
  • भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन सम्पन्न

    २७ पुष कनठमाडौँ । गोरखको भीमसेन थापा गाउँपालिकाको गाउँ सभाको १३ औ अधिवेशन हिजो  सम्पन्न भएको छ। अधिवेशनमा गाउँपालिका अध्यक्ष लोक प्रसाद बञ्जराको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

    images

    हिजो भएको अधिवेशनले खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी आर्थिक ऐन तथा विनियोजन ऐन २०८० को संशोधन प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धी ५ बिधेयकमा समग्र गाउँपालिकाको खानेपानीलाई व्यवस्थित गर्ने उल्लेख भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीले बताए ।

    images
    images
    images

    प्रदेशको एक घर एक धारा अभियानलाई पूरा गर्ने र स्वच्छ खानेपानी सहज रुपमा उपलब्ध गराउन पालिका स्तरीय कमिटि गठन गर्ने र त्यो कमिटिले समग्र खानेपानी सम्बन्धी नीति तयार गर्ने समेत उल्लेख गरिएको उनले जानकारी दिए । 

    उक्त कनर्यक्रममा ठेक्का लगाएको योजनाहरुबाट बचेको रकमहरु पूर्वाधार तथा आर्थिक र सामाजिक क्षेत्रमा खर्च गर्ने गरी पनि बताए हुन् ।   कुनै एक शीर्षकमा विनियोजित रकम अर्को शीर्षकमा रकमान्तर गरिएको उनले जानकारी दिए । पालिकाको कुल बजेटमध्ये हालसम्म २५ प्रतिशत खर्च भएको उनको भनाइ छ ।

    प्रकाशित मिति :पौष २७, २०८० शुक्रवार - ११:२८:५७ बजे

    जोईन खबर

    images
    images
    images
    images
    ताजा अपडेट
    धेरै पढिएको